आगलागी वाट मोरङमा एक परिवारका ४ जनाको मृत्यु



 

सैंघाली खबर
मोरङ ५ , असोज
मोरङको कानेपोखरी गाउँपालिका(३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु भएको छ। बिहिबार बिहान २ बजे लागेको आगोले ५६ वर्षिय चन्द्र कुमार राई, ५० वर्षिय पार्वता राई, ४५ वर्षिय बिष्णुकुमारी राई ९तामाङ० र ८५ वर्षिय गंगामाया राईको आगोले जलेर मृत्यु भएको हो । 

चन्द्र कुमार राई घरमुली हुन्। उनकी आमा गंगामाया, श्रीमती पार्वता र बहिनी बिष्णुकुमारी को जलेर निधन भएको हो। उनीहरूको शव चिन्न नसक्ने अवस्थामा फेला परेको छ। प्रहरी र स्थानीयको सहयोगमा सवै शब खोजेर निकालेका थिए।

विद्युत सट भएर घरमा आगालागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय पथरीका सई राजकुमार बस्नेतले प्रारम्भीक अनुमान गरे। छिमेकीहरुको अनुसार राति साढे २ बजे आगो लागेको थियो।

हरकपुरको सबैभन्दा ठूलो होलसेल किराना पसल रहेको घरमा लागेको आगो नियन्त्रणका लागि इटहरी,विराटनगर र दमकबाट बारूण यन्त्र आएका थिए।

चन्द्रकुमारको घर छेउछाउ अरु घर नभएकोले थप क्षति हुन पाएन। बिहिबार बिहान २ बजे देखि लागेको आगो बिहान ६ बजे नियन्त्रणमा आएको थियो।

आगोले खाद्यान्न, लताकपडा, जिन्सी, रकम, भाडाकुँडा गरेर लगभग १ करोड बराबरको जलेर क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घरमा पतीपत्नी र चन्द्रकुमारकी आमा बस्दै आएका थिए।

बहिनी बिष्णुकुमारी बेलुका मात्र माइत पाहुना आएकी थिइन्। चन्द्रकुमारको एक छोरा र एक छोरी छन्। छोरा र छोरी काठ्माडौंमा बसेर पढ्दै आएका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्