जोखिममा परेका वालवालिकाहरुको संरक्षण जुटौ



सैघाली खबर
दाङ ८ असोज  
घोराही । राज्यले बाल संरक्षण , बाल अधिकार , बाल सहभागीका लागि बालमैत्रीका कानुनका नारा घन्काए पनि जोखिममा परेका बालबालिकाहरु उक्त नाराले अझै छुन नसकेको एक कार्यक्रमको सहभागीहरु वताएका छन ।

सीप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था सिसा नेपालले आईतवार घोराहीमा आयोजना गरेको युवा तथा बालबालिका शशक्तिकरण कार्यक्रमको बार्षिक समिक्षा तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले यस्तो वताएका हुन ।

संस्थाकी अध्यक्ष साजिता सिद्दिकीको अध्यक्षता एंव जिल्ला समन्वय समिति दाङका उप–प्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा पौडेलले जोखिममा रहेको सडक वालवालिकाहरुको सामाजिक विकास न्यायको अनुभुती अझै गर्न नसकेकोले सडकमा रहेको जोखिम वालवालिकाहरुको न्यायका लागि सवै पक्ष तत्पर हुनु पर्ने वताए । घोराहीका प्रत्येक चोक–चोकमा वेसाहारा जीवन विताईरहेका सडक वालवालिका र विद्यालय भित्र रहेका वालवालिकहरुका क्षमता विकास अवसरमा ठुलो भिन्नता रहेकाले वताउदै उनले भने – वालमैत्री अधिकारको अवसर सवै वालवालिकहरुले पाउनु पर्छ । साथै द्वन्द पिडित परिवारका वालवालिकाहरु पनि कोही शिक्षाको नैसर्गिक अधिकार वाट वञ्चित रहेकाले त्यो अधिकारको ग्यारेन्टी पनि स्थानिय तह संगै राज्यले पनि गरिनु पर्ने वताईन । साथै संरक्षणको अभावमा वाँचिरहेका वालवालिकाहरु लाई वचाउने जिम्मेवारी वताए ।

यस्तै महिला तथा वालवालिका कार्यालय दाङ महिला विकास अधिकृत मोति विश्वकमाृले शिक्षा , स्वास्थ्य तथा अन्य बाल अधिकार वाट वञ्चित रहेका वालवालिकहरुको संरक्षणका लागि सवै नागरिक एकताको भाव उनीहरुको संरक्षणका लागि जुट्नु पर्ने वताईन । सामाजिक रुपमा सडक वालवालिका , विपन्न परिवारका वालवालिकाहरु हेर्ने नजर नै फरक रहेकाले उनीहरुले सामाजिक न्याय पाउन नसकेको वताईन । सामाजिक न्याय सहितको उनीहरु संरक्षण गरिने हो , भने सडक वालिका र विद्यालय वाट विमुख वालवालिकाहरुले केही फरक र समृद्धिको सवाहक वन्न सक्ने वताएकी थिईन ।

कार्यक्रममा विषय वस्तु युवा तथा वालवालिका शशक्तिकरण परियोजनाले गरेको हाल सम्मको प्रगति विवरण सिसा नेपालका परियोजना अधिकृत कृष्ण प्रसाद चौधरीले प्रकाश परेका थिए ।

उक्त कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका उप– जिल्ला शिक्षा अधिकारी रविन्द्र क्षेत्री , जिल्ला समन्वय समितिका सुचना अधिकारी कृष्ण केसी , सामाजिक विकास अधिकृत डा . गोविन्द आचार्य , पत्रकार शरद अधिकारी लगाएतकाले भनाई राखेका थिए ।

साथै उक्त अवसरमा महिला तथा वालवालिका कार्यालय दाङकी महिला विकास अधिकृत मोति विश्वकर्मा लाई सम्मान गरिएको थियो । भने कार्यक्रमको सहजीकरण कृष्ण प्रसाद चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्