काठमाडौंमा हर्न बजाउने फेरि बढे, एकै दिन १२१ जना कारबाहीमा



काठमाडौं । काठमाडौं उपत्यकामा हर्न बजाउने सवारी चालकको संख्या बढ्न थालेको छ ।

उपत्यकामा बुधबार मात्रै ट्राफिक प्रहरीले हर्न बजाउने १२१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

यस्तै, मादक पदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाउने र फुटपाथमा पार्किङ गर्नेहरुको संख्या पनि बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार मापसे गरी सवारी चलाउने ८६ जना, फुटपाथमा पार्किङ गर्ने ११६ जना कारबाहीमा परेका छन् ।

लेन अनुसाशन पालना नगर्नेको संख्यासमेत दिनदिनै बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । बुधबार मात्रै लेन मिच्ने १८६ जना कारबाहीमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्