इच्छुक स्मृति दिवसमा तिन जना सम्मानित



दाङ । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा पत्रकार तथा साहित्यकारलाई सम्मान गरिएको छ । सेनको १५ औँ स्मृति दिवसको अवसरमा शनिवार घोराहीमा आयोजित कार्यक्रममा पत्रकार उदय जिएम, नरेन्द्र के.सी र साहित्यकार नदिराम के सीलाई सम्मान गरिएको हो ।

18721390_1454949207901747_1720625348_o
नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा भएको सेनको १५ आँै स्मृति दिवस एवम् पुरस्कार वितरण समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । प्रत्यक वर्ष सेनको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङले एक एक जना स्रष्टालाई सम्मान गर्ने गर्छ ।

सो अवसरमा बोल्ने वक्ताहरुले सेन नेपाली राजनीति, पत्रकारिता, साहित्यका धरोहर भएको भन्दैे उहाँका विचार र आर्दश मनन योग्य भएको बताएका थिए ।

18721619_1454936077903060_654754939_o
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

senसो अवसरमा पुरस्कृत व्यक्तित्व नदिराम के सी,नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषेत्तम खनाल, नेपाल जनसाँस्कृतिक महासंघ नेपालका सचिव भिम कुमाखि, नेकपा माओवाद केन्द्रका पोलिटव्युरो सदस्य हेमराज शर्मा डायमण्ड , बरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्मा  लगाएतले बोल्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्