माओवादीसँग तालमेल गर्न एमाले तयार



सैघाली खबर ,चितवन १० असोज। । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थीहरु एक हुनुपर्ने भन्दै माओवादीसँग तालमेल गर्न एमाले तयार रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताए ।

वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको उहाँले बताउनुभयो ।

केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उहाँले बताए ।

फरक प्रशंगमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्