आन्दोलनरत विद्यार्थीहरुद्वारा शिक्षामन्त्री पाख्रेलको राजिनामा माग



चितवन मेडिकल कलेजका विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

आफैंले गरेको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । शिक्षा मन्त्रालयले मेडिकल कलेजका सञ्चालकहरूले असुलेको अतिरिक्त शुल्क फिर्ता गराउन त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संकाय आइओएमलाई निर्देशन दिएको थियो । निर्देशन बाबजुद मेडिकल कलेजले अतिरिक्त शुल्क मागेपछि चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलनरत छन् । सरकारले निर्देशन गरेता पनि गण्डकी मेडिकल कलेजका सञ्चालक रकम फिर्ता गरेका छैनन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले विद्यार्थीका तर्फबाट विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रीको राजीनामा मागेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘आफैंले दिएको शुल्क फिर्तासम्बन्धी निर्णय कार्यान्वयन गराउन नसक्ने तपाईंजस्तो लाचार मानिस पदमा बसिरहन कसरी मिल्छरु मन्त्री पदको गरिमा यही होर ? तपाईं लाचार र निकम्मा हो कि माफियाको अनुचित आर्थिक लाभमा फसेको ? हामी यसको जवाफ चाहन्छौं ।’

मन्त्री पोखरेलले मेडिकल कलेज सञ्चालकहरूसँगको छलफल पछि २०७५ चैत १२ गते तोकिएभन्दा बढी शुल्क लिने कलेजहरूलाई रकम फिर्ता गर्न निर्देशन दिएका थिए। चितवन मेडिकल कलेजका विद्यार्थीहरूले लाखौं रकम विद्यार्थीबाट उठाएर मेडिकल कलेजका सञ्चालकले ठगी गरेकोमा कारबाहीको साटो विद्यार्थीमाथि प्रहरी धरपकड गराइएकोमा आपत्ति जनाएका छन् ।

ुजबसम्म देशका सबै मेडिकल कलेजले असुलेको अवैध अर्बौं रकमको प्रत्येक रुपैयाँ र पैसा विद्यार्थीहरूलाई फिर्ता हुँदैन र आर्थिक अपराधी कानुनको कठघरामा आउँदैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछु, विज्ञप्तिमा भनिएको छ । कलेजले अधिकतम १२ लाखसम्म रकम असुलिएको भन्दै १५ दिनयता विद्यार्थीहरू आन्दोलनरत छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्