संघीय संसद भवनको आज शिलान्यास



काठमाडौं । सिंहदरबारमा निर्माण हुन लागेको संघीय संसदको नयाँ भवनको आज शिलन्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गर्न लागेका हुन् ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको अहिले बिहान ११ः३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

योसँगै प्रधानमन्त्री ओली करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदैछन् । गत भदौ ५ गते दोस्रो पटक उपचारका लागि सिंगापुरमा उपचार गरेर भदौ २० गते स्वदेश फर्किएका प्रधानमन्त्री लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्