लमहीमा महिलाको बेवारिसे शब फेला



टेकबहादुर पुन, देउखुरी । दाङ्गको लमहीमा महिलाको बेवारिसे शब फेला परेको छ । लमही नगर पालिका वडा नम्बर ७ नयाबस्तीको जंगलमा महिलाको शब फेला परेको हो । अन्दाजी ३२ बर्षिय महिलाको शबलाई च्याउ खोज्ने बालबालिकाले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुर्ब पश्चिम महेन्द्र राजमार्ग देखि करिब ५० मिटर उत्तर तर्फ उच्चानिम्बु सामुदायिक बन क्षत्रभित्र महिलाको बेवारिसे शब फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्तीले जानकारी दिनुभयो । शबको पहिचान हुन नसकेको र शब कुहिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शबको पोष्टमार्टमका लागि लमही अस्पताल लैजाने तयारी थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्