दसैं खर्च जुटाउन गिट्टी कुट्दै




जनक नेपाली
दाङ । चर्काे घाम त्यसैमा दैनिक आई पर्ने समस्या छिचोल्दै उज्यालो भएदेखी रात नपरुन्जेल सम्म घोराही स्थित सेवार खोलामा हतौडा संग पौठेजोरी खेल्दै अधिकासं मजदुरका दिन बित्छन् । घोराही उपमहानरपालिका १३ निवासी शिवा नेपालीको भने महिना दिन लगाएर कुटेको गिट्टी विक्री हुने हो या होईन भन्ने परिलो मनमा उत्तिकै छ । दशै तिहार आएसंगै खर्चको जोहो गर्न नेपाली मात्र होईन अधिकासं मजुदरका दिन खोलामा मै वित्ने गरेका छन् ।

बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म खोला किनारमा गिट्टी कुट्ने शिवा यसपालीको दशै भने गिट्टी कुटेको दशै मनाउने सुरमा हनु हुन्छ । दशैमा छोरा छोरीलाई चाहिने कपडा लत्ता देखि नुन,तेन, जोहो समेत गिट्टी विक्री गरेको वताउँदै जीवन धान्न समेत निकै मुस्किल परेको उहाँले वताउनुभयो । गिट्टी कुटेर एक महिनामा ३ देखि पाँच हजार सम्म कमाई गर्छु श्रीमाले पल्लिदार काम गर्नु हुन्छ कहिले कमाई हुन्छ कहिले हुदैन त्यसमैमा गुजारा गरेका छौ शिबाले भन्नुभयो । तीन छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो भएको उहाँको भनाई छ ।

साँझ–बिहानको छाक टार्न समेत मुस्किल परेको वताउँदै चाडपर्व आउँदा आफ्ना लागि पहाड खसे जस्तो लाग्छ भन्नुभयो । सबैका घर– घरमा रङगी चङ्गी र खुसियाली आएको छ तर आफ्नोमा भने कुनै रौनक नै नआएको उहाँको भनाई छ । सबै कुरा पैसा नै रहेछ पैसा भए सधैको चाडपर्व दशै पैसा नभएर अगेनो नै बल्दैन शिवाले भन्नुभयो । मसिनो खान पनि चाडपर्व नै कुर्नु पर्ने वाध्यता आफ्ना अगाडी रहेको बताउँदै गरिब र धनी विच चाडपर्व मनाउने शैली नै फरक फरक रहेको बताउनुभयो । हुनेले घरमै खशी बोका काटेर मनाउँछन तर आफ्नो भने दशैमा चामल जुटाउन समेत धौ धौ पर्छ उहाँले भन्नुभयो । बजारमा दैनिक काम नपाउँने अबस्था रहेको वताउँदै शिवाका श्रीमान धिरज नेपालीले यसपालिको दशै अभाब मै बित्ने वताउनु हुन्छ ।

पल्लीदार काम गरेवाफत दैनिक चार ÷ पाँच सय आम्दानी हुने वताउदै पछिल्लो समय बजारमा काम पाईन समेत छाडेको उहाँको भनाई । छोरा छोरीलाई दशैमा नयाँ लत्ता कपडा किन्ने धोको छ त्यो समेत अधुरै रहने भयो उहाँले भन्नुभयो । पैसा भएमात्र दशै आएको अनुभुति हुने वताउँदै फेरी यसपालिको दशै मनाउँन साहुको मुख ताक्नु पर्ने अबस्था रहेको धिरजको भनाई छ । बर्षेनी गरिवका लागि दशै तिहार जस्ता चाडपर्व महंगो बन्दै गएको वताउदै नेपालीले गरिवका लागि दशै तिहार नै नआईदिए हुन्थयोे ।

ऋिण लिएर चाडपर्व मान्नु पर्ने बाध्यता आफ्ना अगाडी रहेको वताउँदै घरै पिछ्टे चाडपर्व मनाउँने शैली फरक फरक हुदा गरिव मजदुरका लागि दशै निकै महंगो चाड बन्दै गएको उहाँको भनाई छ । यस्तै शिवा र धिरज मात्र हैन छिमेकी पवित्रा नेपालीको पनि हालत उस्तै छ । भर्खरै पित्त थैलीमा रहेको पत्थरीको अप्रेशन गरेर फर्किएकी पवित्रा नेपाली भने यस बर्षको दशै अभावमै वित्ने वताउनु हुन्छ । घरमा खानलाई केही छैन श्रीमान लेवरकाम गर्नु हुन्छ त्यसवाट आएको आम्दानीले घर खर्च चलाउन ठिकै हुन्छ कसरी पर्व मनाउनु उहाँले भन्नुभयो । छोरा छोरीको नयाँ कपडा लत्ता किन्ने धोको छ कसरी पुरा गर्नु पवित्राले भन्नुभयो । भएका दुई चार पैसा उपचार गरेर सकियो । यसपालिको न दशै न तिहार सबै उस्तै हुने देखियो पवित्राले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्