संविधान दिवसमा मृगौला रोगी महिलाको सरकारलाई प्रश्न; गास बास, कपास र उपचार खोई ?



देशैभर बढो तामझामका साथ संविधान दिवस मनाउन सुरु गरिएको थियो ।

त्यही कार्यक्रमको रिर्पोटिङ्घ गर्न भ्याई नभ्याई भएको बेला धेरै पटक फोन आयो र कार्यक्रम स्थल बाहिर पुगेर उठाएँ । त्यो फोन एउटी पीडित महिलाको रहेछ । पछि गर्नुस् भन्दा पनि मानिनन र गलाअबरुद्ध पार्दै आपफ्ना कुरा राख्न थालिन । त्यस पछि उनले आफ्नो नाम विष्णुमाया परियार र घर अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ८ हंशपुर बताईन ।

गत एक बर्ष देखि दुबै मृगौला फेल भई उपचारका लागि बुटवल पुगेका उनलाई श्रीमान विष्णुबहादुर परियारले त्यही बसेर मजदुरी गर्दै डायलिसिस गर्ने रकम जुटाए पनि पछिल्लो चरण केहि शिप नलागेर सञ्चार माध्यम मार्फत सबै संग सहयोगको हात फैलाउन फोन गरेको उनले बताईन ।

उनले रुँदै भन्दै थिईन सर म मेरा तीन छोरा छोरीका लागि पनि बाँच्ने मन छ । सबैं संग यहि विन्ती गर्छु मलाई बचाई दिनुस् म र मेरो परिवारको आत्माले आशिष दिने छ । संगै रहेकी छोरी एलिना परियारले आमाको तस्वीर पठाउँदै भनिन् मेरी आमालाई सबैले सहयोग गरेर बचाई दिनुस् । यी त प्रतिनिधी पात्र मात्रै हुन । आर्थिक अभावका कारण उपचार गर्न नसकेर यसरी सञ्चार माध्यामा साहरा माग्ने हजारौ नेपालीहरु छन् ।

यसै समाचारदाताको रेडियो कार्यक्रम ओझेलका खबर मार्फत करिव ५० जना जति त्यस्ता असहायहरुलाई उपचार खर्च जुटाई दिएको छ । त्यो सहयोग अधिकांस बिदेशमा बस्ने नेपालीहरुले जुटाई दिएका हुन तर दलका नेता , मन्त्री अन्य जनप्रतिनिधी र सरकारी निकायमा सहयोग माग्ने जाने हो भनेर भर्सक दिदै नदेलान दिए भने जम्मा ५० रुपैयाँ थपाई दिएको उदाहरण समेत हामी संगै छन् ।

त्यस्तै घरबास नभएकाहरुको पीडा बेदना उठाएर धेरै सञ्चार माध्यमहरुले र धेरैले घरबास समेत बनाई दिएका छन । संविधानमा गास बास कपास र स्वास्थ्य उपचार नागरिकको मौलिक हक भनेर भनिएको छ तर गरिव बिपन्न जनता सञ्चार माध्यमको सहारा लिन बाध्य छन ।

हामीले निकै दर्दनाक त्यस्ता पीडितहरुको आवाज उठाऔं । त्यसबाट देश विदेशमा रहेका नेपालीको मन छोयो तर राज्यका प्रधानमन्त्री , मन्त्री र ठुला नेताहरुले त्यस्तो कथा पढेर , सुनेर प्रत्यक्ष भिडियोमा हेरेर पनि उनीहरुको कत्ति मन छोएन । खै त्यो तहमा पुगे पछि स्वतः उनीहरुको मन साह्रो हुने भएरै हो कि हिजो यसै समाजमा उनीहरुले नै हामीलाई थुप्रै पीडितहरुको खबर बनाई दिनु पर्यो भनेको अझै कानमा गुञ्जिन्छ ।

चुनावताका गास बास कपासको ग्यारेन्टी भनेर उद्घोष गरेको पनि सम्झना ताजै छ । तर सत्तामा गएपछि ती गरिव विपन्नका लागि सधै उस्तै भए । केन्द्र सरकारको कुरै नगरौं , प्रदेश सरकारको उदाहरण हेरे काफी हुन्छ । कृषकका लागि कृषि कार्यक्रम ठुलाठुला नेता , शिक्षक र स्थानिय तहका जनप्रतिनिधी र करोडपतिहरुलाई पारिएको छ । प्रदेश ५ को भुमिब्यवस्थापन तथा कृषि सहकारी मन्त्रालयले ३ जना करोडपति ब्यवसायीहरुलाई २५ लाखका दरले अनुदान दिएको कागजी प्रमाण हामीले प्राप्त गरेका छौ. ।

सत्तारुढ दलको एउटै नेताले बाख्रापालनका नाममा चार लाख रुपैया आफ््नो पोल्टामा पारेका छन । गत बर्ष वितरण भएको त्यस मन्त्रालयको अनुदान रकमको मिहिन ढंगले खोजीनिती गर्दै जाने हो भने अधिकांस कार्यकर्ता मुखी र उनका आसोपासे रहेका छन ।

यसरी कहिले सम्म अर्घाखाँची ती विष्णुमाया परियार जस्ताहरु गरिवी र अभावबाट मुक्ता होलान ? हामीले बाग्लुङ्घको ढोरपाटन नगरपालिका बोबाङ्घ गाउँकी २६ बर्षीया झेक्रि बिकको दर्दनाक अबस्थाको प्रत्यक्ष भिडियो रिपोर्ट र लिखित समाचार बनाऔं । गत १४ बर्ष देखि अँध्यारो कोठामा कष्टकर जिवन बिताएकी उनको भिडियो हेरेर साराले आँशु झारे ।

अरुको मन छोयो तर त्यही ढोरपाटनका मेयर देबकुमार नेपालीको ध्यानकृष्ट गराउँदा समेत अहिले सम्म वास्ता गरिएको छैन । विभिन्न क्लव र आमा समुहलाई लाखौ पैसा बाँढ्ने मेयर नेपालीका नगरका अर्का थुप्रै बेसहरा बालबालिकाको बिचल्लीको कथा पनि उठान ग¥यौं । उनीहरु प्रति पनि दया जगाउने कुनै जनप्रतिनीधि भएन ।

बरु ढोरपाटनका सामाजिक अभियान्त कुशल बिकले भन्दै हुनुहुन्थ्यो झेक्रि बिकलाई एक संस्थाले आजिवन संरक्षण गर्ने भएको छ । भोली त्यस संस्थामा मानिसहरु लिन आउँदैछन भोली वुर्तिबा तपाई जसरी पनि आउनु होला ।

आज संविधान दिवस मनाई रहँदा कार्यन्वयन नभएका विषय बस्तुका अन्य फोन पनि आएका छन । आजै विहान गुल्मीको धुर्कोट गाउँपालिकाबाट फोन आयो । एक जना दलित युवाले एउटी कथित उपल्लो जातकी केटी संग प्रेम बिबाह गरेर भगाएको एक हप्ता भएको रहेछ । तर माईजन प्रहरीमा पुगेछन । अन्ततः छोरी घर फर्काएर लगे छन । दुई तिहाईको कम्युनिष्ट सरकार हुँदा पनि पहिलो संविधान सभाले छुवाछुतमुक्त राष्ट्र घोषण गरेको कुरा किन ब्यबहारमा कार्यन्वयन गर्न सकेन ?

खुल्ला दिशा मुक्त लगायतका कार्यक्रमको नौटङकीमा सहभागि भएर फुलमाला र खादा ओढि सकेकाहरुले किन छुवाछुत मुक्त गाउँपालिका र नगरपालिका घोषणा गर्न सक्दैनन । गुल्मी कांग्रेसले बरु गत बर्ष ५१ दिने अभियान छेडेर दलितको घरमा खाने बस्ने कार्यक्रम गरेको थियो । तर उ पनि चुक्यो ।

कांग्रेस नेता ईस्वरी परियार ब्राम्हणको घरमा खाने बस्ने गरि खटिएको बेला उनी ब्राम्हण नेताको घरमा बाहिर बसेर खाँदै गरेको समाचार उति बेलै आएको थियो । यसरी तामझमाका साथ संविधान दिवस मनाई रहँदा त्यसको खर्चबाट अर्घाखाँचीकी तीनै बिष्णु परियार जस्ता विरामीहरुले नवजिवन पाउन सक्थे कि ? दुई तिहाईको सरकारले यसतर्फ कहिले सोच्ने ? खोई जनताको गास वास र कपासको ग्यारेन्टी गरेको ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्