संविधानको बिरोध गर्दै कालोपट्टि बाँध्ने प्रहरीको नियन्त्रणमा



संविधान दिवशको अवसरमा कालोपट्टी बाँधेर विरोध गर्ने ६ जना युवालाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाबाट संविधान बिरोधी हरुलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ४ निवासी क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ५ का बामदेव चौधरी, लमही ८ सतबरियाका प्रकाशकुमार चौधरी,लमही नगरपालिका वडा नम्बर ५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी र लमही ७ निवासी किशोरकुमार घर्तीमगर रहेका छन् ।

पक्राउ पर्ने सबैजना संघीय समाजवादीका कार्यकर्ता र थरुहट थारुवान संघर्ष समितिका पदाधिकारी रहेका छन् । संविधान दिवशको अवरमा खुसीयाली मनाउनको साटो विरोध गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्