निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं – केपी शर्मा ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताएका छन् ।

सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरूले जनतामा आशाको सञ्चार गराएको  प्रधानमन्त्रीले बताए । त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएको र आफ्नेा नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको उनले बताए ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ- हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’

‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ- निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मा देश बाँच्ने उनले बताए । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनिहरुप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले त्यही नै कोशिस गरेको थिएँ ।’  -अनलाइनखबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्