राप्ती विद्यामन्दिर पुर्व विद्यार्थी समाजको अध्यक्षमा अन्सारी




सैघाली खबर
दाङ,१७ असोज । राप्ती विद्यामन्दिर भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा अमन उल्लाह अन्सारी सर्व सम्मत रुपमा चयन हुनु भएको छ । आज मङगलवार तुलसीपुरमा भएको दशैँ मिलन कार्यक्रम तथा भेलाले ९ सदस्यीय कार्यसमिती सर्व सम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी , सचिवमा भागवत कमला पुरी , सह सचिवमा मनिष शर्मा , कोषाध्यक्षमा समीर ईद्रिस रहनु भएको छ । त्यसैगरी सदस्यमा किरण शर्मा , भवानि सँकर निरौला होस नेपाली , सुदन भण्डारी सर्व सम्मत रुपमा चयन हुनु भएको छ । त्यसैगरी समाज समितीको सल्लाहकारहरुमा हिमाल बस्नेत , विमल डाँगी , सुदिप डाँगी , भोजराज न्यौपाने र सर्मिला अधिकारी रेग्मी रहनु भएको छ । संस्थापक अध्यक्ष हिमाल बस्नेतको अध्यक्षता एवं राप्ती बिद्या मन्दिरका संस्थापक प्राचार्य डाक्टर घनश्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा राप्ती विद्या मन्दिरले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्