परराष्ट्रमन्त्री भन्छन् : नेपाल कुनै पनि ध्रुवीकरणको पक्षमा छैन



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताएका छन् ।

स्वामी सत्यदेवको आत्मवृत्तान्तमा आधारित पुस्तक ‘विचारप्रवाह’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाल कुनै पनि ध्रुवीकरणको पक्षमा नभएको र ध्रुवीकरणको पक्षमा लागेर कुनै मुलुकसँग साझेदारी नगर्ने प्रस्ट पारे । उनले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको भन्दै छिमेकी मुलुकसँग जीवन्त सम्बन्ध राख्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले गलत बुझाइका कारण प्रगतिशील पूर्वीय परम्पराले आफ्नो आकर्षण कायम गर्न नसकेको धारणा राखे । सार्वजनिक ६०० पृष्ठको विचारप्रवाह पुस्तकमा स्वामी सत्यदेवको जीवनकालमा जागृत चेतनालाई लिपिबद्ध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्