नेकपाले टुंग्यायो सबै महानगरका अध्यक्ष र सचिव, वीरगञ्जको नेतृत्व रहबरलाई



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ वटै महानगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला, सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरेको छ ।

यस्तै ललितपुरको अध्यक्षमा मञ्जली शाक्य, सचिवमा ज्ञानेन्द्र शाक्य, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्कीलाई मनोनित गरिएको छ ।

वीरगञ्जको नेतृत्व पाउने अन्सारी युवा नेता हुन् । गत स्थानीय चुनावमा वीरगञ्जको मेयरको उम्मेदवार भएपछि उनी चर्चामा आएका थिए । पछि प्रदेशसभाका लागि पनि उम्मेदवार बनेका अन्सारी पराजित भएका थिए ।

सांगठनिक एकीकरणसँग सम्बन्धित बाँकी विषयहरु भने अर्को बैठकले टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्