सबै दलबीच सहकार्य आवश्यक छ – डा शशांक



सैघाली खबर,
नवलपरासी १८ असोज,। नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नवलपरासीको देवचुलीमा नेपाली कांग्रेस देवचुली नगरकार्य समितिद्वारा  आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गरे ।

 

सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्