मासुको पोष्टरमा किन राखियो राष्ट्रिय जनावर गाईको तस्विर ?



स्वच्छ मासुबारे जनचेतना जगाउन पशु सेवा विभागले जारी गरेको पोस्टरमा गाईको तस्वीर पनि राखेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको एक विज्ञप्तीमार्फत पार्टीले जनाएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा त्रुटि हुनु सामान्य विषयमात्र हुन नसक्ने बताएका छन् । ‘

यो नियतवश वा भूलवश के हो भन्नेबारेमा अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । राप्रपाले उक्त प्रचार सामाग्री संकलन, जफत र नष्ट गर्न पनि माग गरेको छ ।

विभागले पोस्टरमा मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखेको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने तयारी भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्