ई-सेवामार्फत प्लेन टिकट काटे २० हजार जरिवाना



बुटवल- पाँच नं प्रदेश सरकारले ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराई गैर कानुनीरुपमा ई-सेवामार्फत हवाई टिकट काट्ने काम रोक्न भन्दै सूचना जारी गरेको छ ।

प्रदेश सरकारले ई-सेवामार्फत हवाई टिकट काट्ने कार्य गरेमा २० हजार रुपैयाँ नगद जरिवाना र कारबाही समेत हुने चेतावनी दिएको छ ।

प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली त्यससम्बन्धी कार्य गरेमा वा गर्न खोजेमा प्रदेश नं ५ को पर्यटन ऐन बमोजिम कारवाही हुने कुरा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्