चक्कु प्रहार गरि फरार अभियुक्त लमही प्रहरीको फन्दामा



टेकबहादुर पुन, लमही। ज्यान लिने उद्देश्यले धारिलो हतियार प्रहार गरि फरार रहेका एक अभियुक्त लाई बिहिबार लागू औषढ सहित लमही प्रहरीले पक्राउ गरेको छ ।

चक्कु प्रहार गरी फरार रहेका तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १३ निवासी बर्ष २३ का सुरेन्द्र रोकालाई बिहिबार लमहीबाट प्रहरीले पक्राउ गरेको हो । रोकाले २०७४ साल चैत्रको १७ गते लमही ७ कमानपुर निवासी बर्ष १९ का सन्तोष परियारलाई ज्यान लिने उद्देश्यले कप्तान गञ्जमा चक्कु प्रहार गरेका थिए ।

पक्राउ परेका रोकाको साथबाट नाईट्राजिपाम नामक १२ चक्की लागू औषढ फेला परेको वडा प्रहरी कार्यालय लमहीका पहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।लागु औषढ सेवन र बिक्रि गर्न नेपालमा प्रतिबन्ध छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्