सार्क निष्क्रिय रहिरहे विचित्र परिणाम ल्याउने



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसले विचित्र परिणाम ल्याउने बताएका छन् ।

न्युयोर्कमा सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । तर, मन्त्री ज्ञवालीले त्यस्तो सम्भावित विचित्र परिणामबारे भने केही खुलाएका छैनन् । पछिल्लो समय सदस्य राष्ट्रबीचको मनमुटावले सार्क शिखर सम्मेलन हुन सकिरहेको छैन । सम्मेलन नहुँदा सार्कले लक्ष्य अनुरूप काम गर्न सकेको छैन । मन्त्री ज्ञवालीले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको पनि बताए । एकीकृत दक्षिण एसिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्