बैंक ह्याकिङ प्रकरण: थप तीन पक्राउ



कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या सोह्र पुगेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यज्ञराज भट्ट, मालती देवी न्यौपाने र गणेशप्रसाद बस्याललाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले यज्ञराजलाई महेन्द्रनगरबाट पक्रेको हो भने मालतीलाई पर्वतकाे हुवासबाट पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ। त्यसैगरी पर्वतका गणेशप्रसाद बस्याललाई भने काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस कसुरमा यसअघि १३ जना पक्राउ परिसकेका छन्।

गत असोज ५ गते उक्त बैंकको लाहान शाखाबाट ह्याकरले विभिन्न एजेन्टका खातामा रकम स्थानान्तरण गरेका थिए । प्रहरीले एजेन्टहरु खोजीरहेको जनाएको छ।

प्रारम्भिक अध्ययनले अफ्रिकन मुलका पिटर मुख्य दोषी देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्