आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ सोमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्