मन्त्री अर्याल भन्छिन् : प्रत्यक्ष निर्वाचन पुरुषहरुको दाइजो होइन



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताएकी छन् ।

समृद्ध नेपालका लागि सशक्त महिला भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताईन् । महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उनले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताईन् ।

महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उनले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने बताईन् । त्यसका लागि जनताले विश्वास गर्ने बाताबरण बन्दै गएको समेत उनले बताईन् ।

संविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उनले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको बताईन् । महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको बताईन् ।

राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न संघसंस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै मन्त्री अर्यालले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक संघसंस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको बताईन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्