वरिष्ठ पत्रकार लियाकत अलिमाथि आक्रमण



काठमाडौं । वरिष्ठ पत्रकार लियाकत अलीमाथि आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार, नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्जका सल्लाहकार समिति सदस्य नेपालगञ्ज निवासी अलीमाथि असोज १० गते (शुक्रवार) राती अन्दाजी ९ः०० बजे घर नजिकै उच्छृंखल युवाको समूहले पछाडीबाट आक्रमण गरेको हो ।

सो समूहले पत्रकार लियाकत अलीलाई कुटपिट गर्नुका साथै उनको मोबाइल पनि खोसेर लगेको कुरा सल्लाहकार समितिका सदस्य, पत्रकार रुद्र सुवेदीले जानकारी गराएका छन् । कुटपिटबाट अलिलाई चोटपटक लागेको छ । अलिलाई राती नै पत्रकार रुद्र सुवेदीले भेरी अञ्चल अस्पतालमा उपचार गराई घर पुर्‍याएको बताइएको छ ।

नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका संयोजक मोहम्मद आरिफ अन्सारीले आक्रमणकारीबाट घाइते भएका पत्रकार अलिको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको घोर भत्र्सना गरेका छन् । उनले आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्