जनभावनाविपरित पत्रकारिताको अभ्यास गर्न नहुने प्रचण्डको चेतावनी



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी उल्ट्याउने र जनभावनाविपरित पत्रकारिताको अभ्यास गर्न नहुने चेतावनी दिएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा पत्रकारिताका मूल्यमान्यता र आचारसंहिताको फैसला राज्य, पार्टी र सरकारबाट नभई पत्रकार स्वयम् बाट हुनु पर्ने तर्क गरेका प्रचण्डले पत्रकारले हदैसम्मको विवेक प्रयोग गरेर काम गर्नु पर्ने बताएका हुन्। संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएकाले आफ्नो सरकारले उक्त व्यवस्थालाई लत्याउने काममा कहिल्यै नलाग्ने बताएका उनले पत्रकार संवेदनशील हुनुपर्ने अवस्था भने जहिल्यै रहने बताएका छन् ।

उनले भने, ‘पत्रकारितालाई नियन्त्रण गर्ने या संकोचन गर्ने विधेयक आउनै सक्दैन । त्यो संविधानको मर्म र भावना अनुसार नै आउने हो । तर पत्रकार संयमित नहुने हो भने उपलब्धी भत्किने छ ।’ उनले भने, ‘अचेल सुन्नै नसकिने, हर्नै नसक्ने गरी प्रचारप्रसार गरिन्छ। त्यसले राम्रो कामलाई नोक्सान गर्छ मात्रै।’ पत्रकारले राम्रा कामलाई सहयोग पुग्ने र नराम्रा कामहरुलाई प्रमाणसहित पर्दाफास गर्नु पर्ने उनले बताए । पत्रकारिता नकारात्मक धारणामा बढी बग्न थालेको भन्दै आफूविरुद्ध पनि पत्रकारिता धेरैजसो खनिएको उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्