जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न हुंदैन : उपप्रधानमन्त्री पोख्रेल



उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन् ।

दसैंतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्मका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ् गरेका घोषणा आफूहरुले नभुलेको बताए ।

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उनले आह्वान पनि गरे । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए । जनप्रतिनिधि जनताले बनाएका हुन्ु, रक्षामन्त्री पोखरेलले भने, म यसप्रति गम्भीर छु ।

तपाईंहरुका कुनै समस्या भए वडामार्फत् ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्