कामदारको हितलाई ध्यान दिएर काम गर्छौं : अध्यक्ष गैरे



वैदेशिक रोजगार ब्यबसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णुप्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र ब्यबसायीको अनुकुलतामा काम गर्ने बताएका हुन् ।

सरोकारवाला निकायसँग समन्वय गरेर सम्बादका आधारमा सहकार्य गर्न आफ्नो कार्यसमिति सधै तयार रहेको पनि उनले बताए । अध्यक्ष गैरेले अघिल्लो कार्यसमितिले गरेका गल्तिको कारण ब्यबसायी र मन्त्रालयबीच बढेको दुरीलाई घटाउने प्रतिबद्धता पनि ब्यक्त गरे ।

सरकारले व्यवसायीको सहमति बिना केही ऐन संसोधन गरेको नियमावली ल्याएकोले ब्यबसायी र सरकारबीच दुरी बढेको बताए । गत मंगलबार भएको निर्वाचनमा अध्यक्ष गैरेको नेतृत्वमा नेपाली कांग्रेस निकट मानिएका बहुमत ब्यबसायी केन्द्रीय पदाधिकारिमा आएका छन् । अध्यक्ष गैरेले नेकपा निकट प्रगतिशिल समूहका सरोजकुमार पोखरेललाई ४८ मतले हराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्