अराजकतावादकाे सहारा नलिन कांग्रेसलाई मन्त्री भट्टराईको आग्रह



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् । भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित गतिविधि कांग्रेसको सहयोगमा भएको कतिपयको बुझाइ छ । मन्त्री योगेशले कांग्रेसको नाम नलिई गरेको टिप्पणी यही गतिविधितर्फ इंगित रहेको ठानिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्