अखिल क्रान्तिकारी के यू जिल्ला समितिद्वारा नि:शुल्क स्वस्थ्य शिविर सम्पन्न




अखिल क्रान्तिकारी काठमाण्डाैं विश्वविध्यालय  जिल्ला समितिद्वारा आयोजित नि:शुल्क स्वस्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम आईतबार काभ्रेमा सम्पन्न भएको छ । स्वस्थ्य शिविर मन्दन देउपुर-१० कटरेचौर चन्डेनी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

अखिल क्रान्तिकारी इसओई का उपाध्यक्ष सुनिल तामाङको प्रमुख अतिथ्यतामा समापन भएको शिविरमा १५७ जना सेवाग्राहीले सेवा लिएका छन् । सधैं बन्द र हडतालमा अघि देखिने विद्यार्थी संगठनहरु यसरी समाजसेवामा लागेको देखेर स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गरेको  त्यहाँबाट अभिषेक न्यौपानेले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्