सामुदायिक वन को अध्यक्षमा झेल सिंह



देब राज गिरि – कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँ पालिका ३, मा नन्देश्वर सामुदायिक वनले नयाँ कार्य समिति प्राप्त गरेको छ ।

अध्यक्षमा बिजयी झेल सिंह रानाले २७० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी रक्ती रानाले १९१ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा छटक बहादुर चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटतम प्रतिद्धन्दीलाई ३१८ मतले पराजित गर्दै विजयी भएका हुन् ।

त्यसै गरी सचिवमा मिना चौधरी र सह–सचिवमा राम सिँह चौधरी बिजयी भएका हुन ।

त्यसै गरी कोषाध्यक्षमा राजमति राना र सदस्यहरुमा राम बुझौना चौधरी, सन्तराम राना, जन्योमति राना, सुखी चौधरी, सीता चौधरी र कलावती तिरुवा बिजयी भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्