अटो रिक्सा दुर्घटना हुँदा शिशिक्षाको मृत्यु



सैघाली खबर,
तुलसीपुर २१असोज ।
दाङको तुलसीपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अनटेष्ट अटो रिक्सा दुर्घटना हुँदा अन्य सवार ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर १६ को भेलाई बाट तुलसीपुर आउँदा गर्दा भएको दुर्घटनामा परी तुलसीपुर ६ की २९बर्षीया शशी भुषालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भीर घाईते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । उनी तुलसीपुरको गोर्खा स्कुलमा अध्यापन गराउदै आएकी थिईन् ।

घाईते मध्य घोराहीकी टिका खनालको उपचारका लागि नेपालगंज रेफर गरिएको छ भने पबित्रा भुषालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ । अन्यको भने अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अटो र अटो चालकलाई प्रहरीले नियणत्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्