फुटपाथबाट महँगो मूल्यमा पैसा साट्दै सर्वसाधरण




बैंकहरुबाट नयाँ नोट साट्न असहज भएपछि सर्वसाधरणले फुटपाथबाट महँगो मूल्यमा पैसा साट्न बाध्य भएका छन् ।

सरकारी तथा निजी बैंकबाट ग्राहकहरूलाई खुद्रा पैसा दिने सरकारले जनाएको थियो । तर, सबैले बैंकबाट पैसा पाउनै सकेका छैनन् ।

आज बेलुका जमल, रत्नपार्क लगायतका क्षेत्रहरूमा सडक व्यापारीहरूले पैसा साटिरहेका देख्न सकिन्थ्यो । ती व्यापारीहरूले आफूहरुले सरकारी बैंकबाटै आफूहरुले नयाँ नोट लिएको बताएका छन् ।

Advertisement
Advertisement

फुटपाथमा एक हजार साट्दा ११ सय तिर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।

सर्वसाधारणहरुले अघिल्ला वर्षको तुलनामा खुद्रा पैसा साट्न झन् समस्या भएको प्रतिक्रिया दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्