प्लाष्टिक झोला र गिलास नाराणपुरमा प्रयोग गर्न नपाईने



सैघाली खबर

दाङ, २३ असोज । प्लाष्टिक झोला र गिलास नाराणपुरमा क्षेत्रमा प्रयोग गर्न नपाईने भएको छ ।घोराही उपमहानगरपालिकाका प्रतिनिधि शक्तिराम डाँगी र वडा नं. १० का अध्यक्ष चित्रबहादुर डाँगी निर्मलको अध्यक्ष एवं स्थानिय सरोकारवालाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बजार क्षेत्रका व्यापारीहरुले अत्याधिक मात्रा प्लाष्टिक जन्य बस्तुको प्रयोग गर्न थालेपछि वडा कार्यालयले प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।प्लाष्टिक जन्य बस्तुको प्रयोगले वरपरको वातावरण र मानव स्वस्थ्यमा प्रतिकुल असर गर्ने भन्दै घोराही उपमहानरपालिका क्षेत्रमा प्लाष्टिक जन्य बस्तुको रोक लगाउने निर्णय गरेको घोराही उपमहानरपालिका प्रतिनिधी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने भएको छ । पछिल्लो समयमा नउठेको फोहोर अबदेखी हरेक शुक्रवार उठ्ने वडा कार्यालयले बताएको छ ।घोराही उपमहानगरपालिकासँगको समन्वयमा बजार क्षेत्रको फोहोर हरेक शुक्रवार उठ्ने वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)ले जानकारी दिनुभयो ।

यसैबीच नारायणपुरबजार क्षेत्रमा फोहोरको अवस्थाले अनुगमन गरिएको छ । वडा कार्यालयको सक्रियतामा घोराही उपमहानगरपालिका, नारायणपुर उद्योग वाणिज्य संघको सहभागीतामा फोहोरको अनुगमन गरिएको हो । अनुगमनमा क्रममा जथाभावी फोहोर फाल्ने, आगो लगाउने, सीसाजन्य बस्तुहरु व्यवस्थापन नगरेको, पसलमा फोहोर फाल्ने डस्बिनको व्यवस्था नगरेको पाईएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्