दुई समुहबीच भएको बिवादमा घाईते बालकको मृत्यु



दुई समूहबीच भएको झडपमा घाइते बालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ थपालीपुरका १३ वर्षे बालक बखत भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार असोज २० गते राति भएको झडपमा भण्डारी घाइते भएका थिए । उनको टाउको र आँखामा गम्भीर चोट लागेपछि उचारका लागि भारतको लखनउ लगिएको थियो । लखनउमा उपचारकै क्रममा भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार घटनामा संग्लन भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  लम्कीचुहा नगरपालिका १ का बृहस्पती शाही र जिवन रावललाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्