हजुर जुन जस्तै हुनुहुन्छ आमा !



गए छोडी छोरा र छोरी मलाई ।
त्यहि गर्नु आमा तपस्या रमाई।
डुबी शान्त संसारको भावनामा ।
तिमी हौ सबै देवताको सिमानी।।

अटाएन रे पुत्रको नेत्र भित्र।
सबै च्यातिए दीलका चित्रचित्र।
मलाई लगी राख त्यो दील भित्र ।
दयास्नेह कैलै न भेट्ने विचित्र।।

हटाएर संसारको प्रेमलाई ।
दिए पुत्र संसार सारा चिनाई।
गयौ आखिरी त्यागी आफ्नै जहान।
बिते आसुले बर्ष कैयौं विहान।।

बुहारी र छोरा रमाउन् भनेर।
बसे मृत्युका दिन् रमाइ गनेर।
कसैले न हेर्ने भए यो मुहार।
रूदै मुस्कुराए त्यहि भो गुहार।।

कसैका तिताबोली सुन्नु नपर्ने ।
बगिराखने आसु कैलै न झर्ने।
गई सन्तका माझमा सुन्छु ज्ञान।
तिमी नै त हौ सिद्धि नौलो विधान।।

गरि प्रेम सद्भावना गर्दै रमाए।
तपस्या गरि पुण्य धारा बहाए।
नियाल्दै हिडे मुक्ति को मार्गलाई।
दिए एक संसार संसारलाई।।

बगाए पसीना मिले लक्ष्य सारा।
बन्यो आफनै जिन्दगी यो सहारा।
मुटुको ब्यथा ब्यक्त गर्नै नपाई।
लग्यो कालले आज नाडी समाई।।

म मेरा सबै सुख्ख त्यागेर आए।
म जन्मेर यो ठाउमा नै हराए।
लिई कष्ट सारा दिए जन्म जस्को ।
सहारा भएनन् उनै जिन्दगीको ।।
भए पुत्रका पुत्र पुत्री स साना ।
थिए आफनै भै गएछन् बिराना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्