सैघाली खबर
घोराही, २३ असोज । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराहीमा निर्माणाधिन सडक र पुलको कामलाई तिब्रता दिएर जनताको गुनासो मेटन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । कान्ताराम शंकरमाली निर्माण सेवाबाट निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी पदमराज शर्मालाई सोमबार टेलिफाने गरि नगर प्रमुख चौधरीले देखिने गरि काम गर्न निर्देशन दिनुभएको हो ।
तिहार अगावै सडक फराकिलो सँगै पिचको काम सुरु गरि जनतामा रहेको आक्रोश र गुनासोलाई मेटन् निर्माण व्यवसायी शर्मालाई निर्देशन दिनुभएको हो । काममा चरम ढिलासुस्ती हुदा जनताले पाउनु दुख्ख पाएको भन्दै नगर प्रमुख चौधरीले अब पनि काम नगरे कानुन अनुसार अघि बढ्ने चेतावनी समेत दिनुभएको छ । निर्माणको क्रममा जनताले सास्ती पाउनु स्वभाबिक भए पनि कामलाई नै अलपत्र पारेर सास्ती दिनु क्षम्य नहुने र काममा आउने बाधालाई आफुले सहजिकरण गर्ने भन्दै उहाँले गुणस्तरीय काममा भोलीबाटै लाग्न निर्देशन दिनुभयो । सडक फराकिलो पार्ने क्षेत्रमा उड्ने धुलोले जनजिवन नै अस्तव्यस्त भएकाले धुलो नउड्ने गरि पानी चार्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
निर्माण व्यवसायी शर्माले आफुलाई पैसाको अभाब भएको बताउनुभयो । आफुमाथी मोबिल छ्यापेपछि मजदुरहरु समेत त्रसित भएर काम छोडेको भन्दै शर्माले कामलाई तिब्रता दिने प्रतिबद्धता जनाउनुभएको छ । २०७१ साल भदौ ११ गते देखी २०७२ साल असोज ३० गते सम्म घोराहीको कटुवाखोला देखी तुलसीपुर चोक सम्म सडक चौडा पार्ने गरि जिम्मा लिए पनि अहिले सम्म काम अलपत्र अबस्थामा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।