गाडीको ठक्करबाट एकको मृत्यु



चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

ठक्करबाट पहिचान नखुलेका घाइते पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्