भारतीय मूलका अभिजित बेनर्जी सहित तीन जनालाई अर्थशास्त्रको नोबेल पुरस्कार



यो वर्षको नोबेल पुरस्कार भारतीय मूलका अर्थशास्त्री अभिजित बेनर्जीसहित एस्थर डुफलो र माइकल क्रेमरलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

स्विडिस एकाडेमी अफ साइन्स का अनुसार गरिबी र भोकमरी निवारणको लागि पुर्याएको योगदानको लागि तीन अर्थशास्त्रीहरुले यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका हुन् ।

अभिजीत बनर्जी भारतमा जन्मिएका अमेरिकी नागरिक हुन् । एस्थर फ्रेंच अमेरिकी हुन् भने माइकल क्रेमारपनि अमेरिकी नागरिक हुन् ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालय अध्ययन गरेका अभिजित अमर्त्य सेन पछि अर्थशास्त्रको नोबेल पुरस्कार पाउने दोश्रो भारतीय अर्थशास्त्री हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्