उद्योगपति रिजालद्वारा महासंघमा उम्मेदवारीको घाेषणा



दाङ, असोज २९– तुलसीपुरका उद्योगपति एवं ब्यवसायी बिमल रिजालले मंगलबार एक समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल उद्योग वाणिज्य संघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालसहित दर्जनौं जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एव प्रतिनिधिहरुका बीचमा रिजालले दाङ क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रोल्पा उद्योग वाणिज्य संघको साधारणसभामा सहभागी हुन पुगेका उद्योगी रिजालले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँगको समन्वय र विशेष छलफलपछि आफुले कार्तिक १९ गतेको विशेष साधारणसभा पछि लगत्तै हुने महाधिवेशनमा ब्यवसायीहरुका बीचमा उमेदवारी दिन तयार रहेको समेत उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्