पाइपलाइनबाट चार करोड लिएर डिजेल आयो



नेपाल र भारतबीचको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो ।

नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको सयुक्त उद्घाटन गर्नुभएको थियो । त्यस दिनदेखि २९ असोजसम्ममा चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आयात भएको छ । भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिदै आएको छ । पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ ।
पाइपलाइनको पूर्ण सञ्चालनसँगै भारतीय आयल निगमको बरौनी, बैतलापुर, मुगलसराई, गोडालगायतका डिपो तथा रिफाइनरीबाट डिजेल आयात रोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्