सामुदायीक वनकाे कार्य उदाहरणीय भएकाे सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तामाङकाे भनाई



देव राज गिरि कंचनपुर, कञ्चनपुरको पुनर्वास नगरपालीका–११ अमरबस्तीमा रहेको सामुदायिक वन उपभोक्ता समुहको चौथोँ बार्षिक साधारण सभामा बाेल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्ला कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तारालामा तामाङले सामुदायिक वनको संरक्षणको पाटोमा उदाहरणीय र नमुना कार्य गरेको बताउदै समग्र समाज निर्माण गर्न नेतृत्व मात्र नभएर सम्पुर्ण समुदाय नै लाग्नुपर्ने बताएका छन् ।

श्री अमर श्री कृष्ण सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर बानियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि समेत रहेका उनले सम्बन्धित सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गरे इच्छाएको उपलब्धि हासिल गर्न सकिने आशय व्यक्त गरे ।

उक्त साधारण सभामा सामुदियक वनको आवश्यकता र विशेषता सहितको प्रतिबेदन सामुदायिक वनका अध्यक्षले प्रस्तुत गरेका थिए ।

बि.सं. २०६३ सालमा  ९७.३२ हेक्टर क्षेत्रफलमा स्फैथापना भएकाे वनकाे सिमाना पुर्वमा अमर गोकुल सामुदायिक वन उपभोक्ताको सिमाना, पश्चिममा सिद्धदेवी सामुदायिक बन उपभोक्ताको सिमाना, उत्तरमा लालझाडी राष्ट्रिय वन र दक्षिणमा बाटो तथा आवादि रहेको छ भने यस वन उपभोक्ताको संख्या ४ सय २७ घरधुरी रहेकाे जानकारी दिइएकाे थियाे ।

यस  वनमा पाइने मुख्य प्रजाति साल लगायत केही लोप भएका प्रजातिहरु पुनः उत्पादन हुने अवस्थामा छन् भने यस वन भित्र हात्ती, चित्तल, बदेल, निलगाई, दुम्सी, बादर, खरायो, न्याउरीमुसा, बाघ, अजिङ्गर, सुगा, बन कुखुरा, ढुकुर, बन हासँ आदि वन्यजन्तुहरु पाईने गरेको कुरा प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।

साधारण सभामा विशिष्ट अतिथिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य आर .पि सार्की, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य टेक बहादुर बानिया, पुनर्वास नगरपालीका ११ का वडा अध्यक्ष तुलसी आर्याल, सहायक वन अधिकृत दिनेश कुमार यादव उपस्थीत थिए। त्यसै गरी सामुदायिक वनका पदाधिकारी र सरोकार वाला लगायत वन उपभोक्ताहरुको सहभागिता रहेको उक्त सभामा स्वागत मनत्व्य इन्द्र न्यौपाने ले दिएका थिए भने कार्यक्रमकाे सञ्चालन लोक बहादुर सिंहले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्