गुल्मीको जयखानीमा जीप दुर्घटना एक को मृत्यु २ जना घाइते



कालीगण्डकी ,गुल्मी । गुल्मीको कालीगण्डकीमा गाउँपालिका ३ जयखानीमा मंगलबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।

मुलक बाट कनौटा हुदै जयखानी जादै गरेको जीपको उकालोमा ब्रेक फेल भई लु १ च ४५५८ नम्वरको जिप सडकको कुनामा पर्लटदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीपमा चालक सहित चार जना सवार थिए ।

बिकको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले अर्का एक जना सामान्य घाईते भएको जानकारी दिए । जिप चालकलाई पुर्तिघाट प्रहरी चौकीले नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । जीप सडकबाट कति ५० मिटर पछाडि आएर दुर्घटना भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्