सिरियामा हेलिकोप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु



सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट आइएससँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाइ छ । आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्