स्वास्थ्य मन्त्रीको आग्रहमा डा.केसीको सत्याग्रह स्थगित



govinda kc 2.docxजनक नेपाली
घोराही , १४ ज्येष्ठ ११ औं सत्याग्रहमा बस्न दाङ आउनु भएका डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री गगन थापाको आग्रहमा २४ घण्टाका लागि सत्याग्रह स्थगित गर्नु भएको छ । आईतबार बेलुकी ४ बजेदेखि सत्याग्रह शुरु हुने बताएपनि सरकारले केसीका माग पुरा गर्न आश्वासन दिएपछि २४ घण्टाका लागि सत्याग्रह स्थगित गरिएको हो । सरकारले भोली सोमबार साँझ ४ सम्म माग सम्बोधन नगरे आफु अनशन बस्ने चेतावनी दिनुभयो । सरकारको तर्फबाट स्वास्थ्य मन्त्री गगन थापाले निरन्तर आग्रह गरेपछि पुनः २४ घण्टे अल्टिेमटम दिएको छु । उहाँले भन्नुभयो ’ सत्याग्रह शुरु गर्ने भनेर घोराही स्थित शिरडी साई मन्दिर पुगेका डा. केसीले ‘भोली ४ बजे सम्म सबै माग पुरा नगरिए सत्याग्रह शुरु गर्नेछु । ’ भन्नुभयो
डा. केसीका माग
डा. केसीले राज्यका केही माफियाहरुले मेडिकल शिक्षा र स्वास्थय जस्तो संवेदनशिल विषयलाई व्यवसायिकरण गरेर लुटतन्त्र मचाइरहेकाले त्यो रोक्नुपर्ने बताउनुभयो । खासगरी एकीकृत शिक्षा विधेक पास गरिनुपर्ने , प्रधानन्याधिश सुसिला कार्की माथिको महाअभियोग तुरुन्त फिर्ता लिनुपर्ने , तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि कारबाहिका लागि संसदले तयार पारेको प्रतिवेदन तत्काल मन्त्रिमण्डल बाट पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सानु भएको छ ।
यस्तै १० औं सत्याग्रहमा गरिएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राख्नु भएको छ । जसअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खालिनुपर्ने र ५ नम्बर प्रदेशको मेडिकल कलेज दाङमा हुनुपर्ने , विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था सिफारिश गर्ने समिति तथा जाँचबुझ आयोग बनाउनुपर्ने , एमबिबिएस र बीडिएस कोर्षहरुको शुल्क ३८ लाख ५० हजार र १९ लाख ३२ हजार कार्यान्वयन गर्नुपर्ने , आईओएमलाई थप स्वायतता दिनुपर्ने , चिकित्सा शिक्षा ऐन पारित नहुन्जेल कुनै पनि बहानामा नयाँ मेडिकल कलेज नखोल्ने र सार्वजनिक शिक्षण संस्थामा शतप्रतिशत सिट छात्रवृतिमा हुने व्यवस्था गरिनुपर्ने माग अघि सार्नु भएको छ ।
आश्वासनमा अल्मल्याँउदै सरकार
आफनो ११ औं अनशनका लागि दाङ रोजेका केसीलाई सरकारले माग पुरा गर्ने आश्वासन दिएर २ दिन अलमलमा राखेको छ । शनिवार साँझ बाट अनशन सुरु गर्ने तयारी गरेका केसीलाई स्वास्थ्य मन्त्री थापाले पटकपटक फोन गरेर अनशन सार्न बाध्य परेका हुन । थापाले आईतबार सोमबार १२ बजे सम्म चित्तबुझदो परिणाम आउने गरी काम हुने भनेर केसीको सत्याग्रह सार्न लगाएका थिए । तर आईतबार सोमबार बेलुका ६ बजेसम्म नि मन्त्री परिषद बैठक बस्न नपाएको र आफु प्रयासरत रहेकोले पर्खिन आग्रह गरेपछि केसीले पुनः २४ घण्टाको अल्टिमेटम दिएका हुन ।‘ समय पर्खाएर म मलाई भावनालाई कमजोर बनाउन प्रयास गरिएको छ । यद्यपी म मेरा मागहरुमा दुढ छु । ’ केसीले भन्नुभयो ।

Gobvinada kc

केसीको स्वास्थ्य खतरामा
डा. केसीले सत्याग्रहका लागि दाङ रोजेपनि त्यो लम्बिदै गए यहाँको उचित स्वास्थ्य सेवाको अभाव उनलाई स्वास्थ्य सुरक्षाको खतरा हुन सक्ने संकेत देखिएको छ । केसीले घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पतालमा अनशन शुरु गर्ने भनेपनि शौचालय लगायत उपर्युक्त भवनको अभावमा अनशन स्थल नजिकैको सिरडी साई मन्दिरमा सारिएको छ । भोलीका दिनमा सत्याग्रह लम्बिदै गए आईसियुको व्यवस्था दाङमा छैन । जसकारण उनको स्वास्थय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने यहाँका नागरिकले औंल्याएका छन । राप्ती उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले पनि राम्रो आईसीयुको व्यवस्था नभएकाले सत्याग्रह लम्बिदै गए केसीको स्वास्थय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने बताए । डा केसीले भने आफुले यहाँको अवस्था बार अवगत भएको र आफना माग पुरा गराउन जस्तोसुकै चूनौती मोल्न पनि तयार रहेको बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्