कुटपिटको आरोपमा मेयरका छोरा पक्राउ



कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका छोरा पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा प्रहरीले मेयरका २० बर्षिय छोरा निखिल ओडलाई पक्राउ गरेको हो ।

मेयर ओडका छोराले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० बर्षिय पारस जोशीलाई ईटा प्रहार गरी घाईते बनाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ईटा प्रहारवाट निधारमा चोट लागेका घाईते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

अर्कै ब्यक्तिलाई प्रहार गरेको इट्टाले जोशीलाई लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र बयानका आधारमा पक्राउ परेका ब्यक्तिलाई मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्