अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने :उपप्रधानमन्त्रि पोखरेल




उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताए ।

धुम्बाराहीमा धन्वन्तरी पार्कको उद्घाटन गर्दै उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता गर्दै ती जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए ।
मन्त्रि पोखरेलले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता पनि जुट्नुपर्ने बताए । ‘अतिक्रमण गरिएका जग्गा स्थानीय तह र जनता मिलेर खोज्नुपर्दछ, जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुने उनले बताए ।

उद्घाटन गरिएको पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको झण्डै १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्