किन बस्छन् डा. केसी अनशन, पुरा होला त उनको माग ?




पटक–पटक गरेर चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राचार्य डाक्टर गोविन्द केसीले ७ बुदे माग सहित १७ औं आमरण अनशन सुरु गरेका छन । सोमबार डडेल्धुराको अमरगढी ५ डडेल्धुरा अस्पताल जानेबाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा उनले साँझ साढे ४ बजेबाट अनशन सुरु गरेका हुन् ।

१६ औं पटक सम्म आमरण अनशन बसेका उनको अनसन तोडाउनको लागि मात्र सरकारले सहमति जनाएको पाउन सकिन्छ । कयौ पटक भएका त्यस्ता समहतिहरुको कार्यान्वयन नभएको र सरकारले व्यवस्था गरेका कारण नै डा. केसि पटक–पटक आमरण अनशन बस्दै आएका छन । अनसनरत डा. केसिको मागहरु के सरकारले पुरा गर्ला त ? यहि प्रश्न सबैको रहेको छ ।

सरकार परिवर्तन भईरहे तर डा. केसिले मेडिकल शिक्षामा भएको चरम लापरबाहि,अनियमितताको अन्त्य परि गुणस्तरीय शिक्षा सहितको व्यवस्था ल्याईनु पर्ने माग पुरा भएन् । यस पटकको १७ औं अनसन सुरुवाद संगै उनले वर्तमान दुई तिहाइको सरकारले माग पुरा नगरेसम्म आफ्नो अनसन जारी राख्ने बताए । तर कहिले सम्म ?

यस्ता छन् डा. केसीका १७ आमरण अनशनको मागहरु:

१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा बिस्तारित कार्यक्ममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यबस्था गरियोस ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायत निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति र्पुयाएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

६.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

७.क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४र५ गुणा महंगो भएकाले सुपथ मुल्यमा उपलब्ध गराउने व्यबस्था गरियोस । कर्मचारी समायोजन कारण सेवा नै अबरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका सम्पुर्ण अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबदीअनुसार चिकित्सक र स्वास्थ्यकमीको व्यबस्था गरीयोस ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्