नुवाकोटमा एक महिनामा दुईहजार सवारी कारबाहीमा १३ लाख ९६ हजार राजश्व संकलन



गत १ महिनको अवधिमा नुवाकोटमा दुई हजार भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन भने दुर्घटनामा एक जनाको मृत्यु भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोट ट्राफिक प्रहरी प्रमुख विकल भट्टराइ का अनुसार गत असोज १८ गते दशैको फुलपातीदेखि आईतबार सम्मको अवधिमा दुई हजार सवारी साधन कारबाही गर्दै १३ लाख ९६ हजार रुपैया राजश्व संकलन गरेको छ ।

खास गरी पर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गौडामा गरिएको छड्के चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, चालक अनुमति पत्र नभई गाडी चलाएको लगायतका कैफियत मा ५ सय २२ वटा ट्रक, ३ सय ७८ वटा जीप तथा कार, २ सय ९ वटा मोटरसाईकल, १ सय ५३ वटा बस, ४५ वटा ट्रयाक्टर र यात्रुहरुसंग बढी भाँडा असुल्ने ७ वटा बसलाई कारबाही गरेको प्रहरी सहायक निरिाक्षक ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्