नमुना बिद्यालय निर्माणको लागि सरोकारवाला संग अन्तरक्रिया




सिड संस्थाको आयोजना एबं आइ एम नेपाल को सहयोगमा एक दिने नमुना बिधालय निर्माण सहयोगका लागी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आज शान्तिनगरको बाल कल्याण आधारभुत बिधालय पेदामा सप्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक सुधारका लागी अभिभावक र बिद्यार्थी र शिक्षकको समन्वय हुनुपर्ने कुरामा जोड दिएका छन । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हरिभक्त के सि को अध्यक्षता एबं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख घनश्याम ओलि र वडा नम्बर दुइका अध्यक्ष फर्सा राम डाङ्गी र वडा नम्बर चार का अध्यक्ष धन बहादुर के सि को बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमान सिङ्ग डाङ्गी रहेका थिए ।

त्यस्तै शिक्षा शाखा प्रमुख घनश्याम ओलि र वडा अध्यक्षहरु फर्सा राम डाङ्गी र धन बहादुर के सि ले त्यसै गरि नर बहादुर ओलिर प्रधानाध्यापक ओपेन्द्र के सि ले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम को उद्देश्य बारे कार्यकारी निर्देशक भागिराम चौधरी र कार्यक्रम को संचालन कार्यक्रम संयोजक माधब राज चौधरीले गर्नु भएको शान्तिनगर गाउँ पालिकाका प्रेस संयोजक निराश पाण्डेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्