बारीमा काम गर्दा भेटिए २० वटा सकेट बम



बझाङमा सशस्त्र द्वन्दका बेला लुकाइएका २० वटा सकेट बम फेला परेका छन् ।

बझाङको बुङ्गल नगरपालिका–६ का स्थानीय देउमल धामीको खेतमा उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नावय उपरीक्षक गणेश बहादुर बमले बताए ।

बारीमा काम गर्ने क्रममा प्लास्टिकमा बेरेर राखेको डल्लो भेटेपछि धामीले प्रहरीलाई खबर गरेका थिए । प्लास्टिक हेर्दा बम २० वडा सकेट बम भेटिएका बमले बताए। नेपाली सेनाले उक्त बम डिस्पोज गरेको प्रहरी नावय उपरीक्षक बमले बताए ।

उक्त बम संग्राम सार्दुल गुल्म पानकोटको बम डिस्पोज टोलीले डिस्पोज गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्